site stats
बाह्रखरी :: Baahrakhari
विदेश
२०१८ को एलन मस्कको ट्विटलाई लिएर अदालतले बोलाउन सक्ने
फाइल तस्बिर ।

न्युयोर्क । टेस्ला कम्पनीले सन् २०१८ को एलन मस्कको एउटा निजी ट्विटलाई लिएर अदालतले उनलाई बोलाउन सक्ने खुलासा गरेको छ ।

यसैबीच, कम्पनीले आफ्नो पुँजीगत खर्च योजनालाई एक अर्ब डलरले बढाउने भएको छ । कम्पनीले यो वर्ष र अर्को दुई वर्षमा ६ बिलियनदेखि आठ बिलियन डलरबीच खर्च गर्ने अपेक्षा गरेको रोयटर्सले जनाएको छ ।

Argakhachi Cement Island Ad

टेस्लाका मालिक मस्कले गएको महिना भनेका थिए “कारखानाहरूले अर्बौँ डलर गुमाउने छन्  ।किनभने, तिनीहरू ब्याट्रीको अभाव र चीन पोर्ट समस्याहरूको कारण उत्पादन बढाउन संघर्ष गरिरहेका छन् ।”

यसैबीच, यूएस सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी)ले जुन १३ मा गरेको पछिल्लो रिटले सन् २०१८ मा नियामक निकायसँग मस्कले गरेको सम्झौताको पालनाको बारेमा जानकारी मागेको छ ।

एसईसीले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । नियामकले पहिलोपटक टेस्लालाई नोभेम्बरमा सम्झौताको सम्बन्धमा आग्रह गरेको जनाइएको छ

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्