site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेन–रुस युद्ध : ड्रोनको दबदबा

किभ । युक्रेनी युद्धमा अहिले हजारौँ संख्यामा ड्रोनको प्रयोग भइरहेको छ । शत्रुहरूको उपस्थिति हेर्न, क्षेप्यास्त्र प्रहार गर्न र अन्य गोला बारुद प्रहारलाई निर्देशन दिन ड्रोनको प्रयोग गरिएको छ । 

रुस र युक्रेन दुवैले सैन्य उद्देश्य पूरा गर्नका लागि निर्मित ड्रोनको व्यापक प्रयोग गरिरहेका छन् । 

युक्रेनले प्रयोग गरिरहेको प्रमुख ड्रोन टर्कीले तयार गरेको ‘बेराक्टार टीबी २’ हो । यो एउटा सानो खालको विमान आकारको छ । क्यामेरा जडित यसमा लेजर–निर्देशित बमहरू पनि राख्न सकिन्छ । रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका डा. ज्याक वाटलिंगका अनुसार युद्ध सुरु हुँदा युक्रेनसँग यस्ता ड्रोन पचास वटा भन्दा कम मात्रै थियो । 

रुसले भने तुलनात्मक रूपमा अझै सानो खालको तर थप आधारभूत ‘ओर्लान–१०’ ड्रोन प्रयोग गरिरहेको छ । युद्धको सुरुमा रुससँग केही हजारको संख्यामा यस्तो ड्रोन थियो । अहिले रुससँग केही सयको संख्यामा मात्र यी ड्रोन बाँकी रहेको हुनसक्ने अनुमान गरिएको छ । यी ड्रोनमा पनि क्यामेरा जडित छन् भने यिनीहरू पनि साना साना बम बोक्न सक्षम छन् । 

युक्रेन र रुस दुवैले प्रयोग गरिरहेका ड्रोन त्यतिकै प्रभावकारी छन् । 

डा. वाटलिंग भन्छन्, “ओर्लान–१० ले लक्ष्य पहिल्याएको केवल तीनदेखि पाँच मिनेटभित्र रुसी फौजले लक्ष्य भेदन गर्न सक्छन् ।” ड्रोनको सहयोग बिना भने सोही काम गर्न बिसदेखि तिस मिनेट सम्म लाग्न सक्ने बताइएको छ ।

किंग्स कलेज लन्डनको प्रतिरक्षा अध्ययनका अनुसन्धानकर्ता डा. मार्टिन मिरोनका अनुसार ड्रोनकै कारण थोरै फौजको बाबजुद युक्रेन युद्धमा टिकिरहन सकेको हो । 

तर ड्रोनहरू अत्यन्तै महँगो पनि छन् । एउटा बेराक्टर टीबी २ को मूल्य २० लाख अमेरिकी डलर सम्म पर्दछ । दुवै पक्षले सस्ता विकल्प खोजिरहेका छन् । युक्रेन अहिले नै करिब १ हजार ७ सय पाउन्ड मात्र पर्ने डीजेआई म्याभिक ३ ड्रोनतर्फ आकर्षित भइरहेको छ । तर, सस्तो ड्रोन छोटो दुरी र समयसम्म मात्र उड्न सक्छ । 

अमेरिकाले युक्रेनलाई करिब सात सय ‘क्यामिकेज’ सैनिक ड्रोन आपूर्ति गर्दैछ । विस्फोटक पदार्थ बोक्ने यो ड्रोन लक्ष्य नभेटिएसम्म आकाशमा बसिरहन सक्छ । एउटा युक्रेनी ड्रोन निर्माण कम्पनीले युक्रेनी फौजसँग करिब ६ हजार ड्रोन रहेको दाबी गरेको छ । तर, यो दाबी पुष्टि हुन सकेको छैन । 

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दाबी अनुसार रुसले इरानबाट ‘साहिद’ सैन्य ड्रोन किन्न खोज्दैछ । यमनमा सरकारविरुद्ध संघर्षरत हुथी लडाकु फौजले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा हमला गर्न यो ड्रोन प्रयोग गर्दै आएको छ । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  २२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro