site stats
बाह्रखरी :: Baahrakhari
खेल
यू–२० साफ : माल्दिभ्सविरुद्ध दीपेशको गोलमा नेपाललाई अग्रता

काठमाडौं । दीपेश गुरुङले ४२औँ मिनेटमा गरेको गोलमा नेपालले यू–२० साफ च्याम्पियनसिपमा सोमबार माल्दिभ्सविरुद्धमा पहिलो हाफमा १–० को अग्रता लिएको छ । 

४२औँ मिनेटमा दीपेशले गरेको गोलबाट नेपालले अग्रता लिएको हो । आयुष घलानले हानेको डाइरेक्ट फ्री किकलाई माल्दिभ्सका गोलकिपर शाइहान अलीले पन्च गरेर बचाएका थिए । तर, रिबाउन्डमा प्राप्त बललाई दीपेशले झण्डै २५ यार्डबाट हानेको बल गोलमा परिणत भएको थियो । 

अधिकांश समय बल नियन्त्रणमा राखेको नेपालले गोलका केही राम्रा अवसर खेर फालेको थियो ।

२८औँ मिनेटमा नेपालका कप्तान आयुष घलानले पेनाल्टी क्षेत्रबाट बायाँ खुट्टाले हानेको प्रहार आकाशिएको थियो । ३२औँ मिनेटमा सुगम सुवालले पनि पेनाल्टी क्षेत्रबाट हानेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

२३औँ मिनेटमा माल्दिभ्सका जैन जफरको फ्री किकलाई नेपालका गोलकिपर इश्वर गुरुङले बचाइदिएका थिए । 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:२६