site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चितवनको नारायणघाटदेखि गोलाघाटसम्म एनओजी राइड सम्पन्न

काठमाडौं । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट सुरु भएर गोलाघाटसम्म पुगेर समापन भएको आयोजकले जनाएको छ ।

उक्त राइडमा सहभागीहरूबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो। साथै सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएकाे थियाे । तीमध्ये एक अनुशासित राइडरलाई  मेडल पनि प्रदान गरिएको थियो ।

करिब ६० जना राइडरहरू सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:१६