site stats
बाह्रखरी :: Baahrakhari
देश
एकैदिन थपिए ५६८ कोरोना संक्रमित, एकजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोभिड १९ संक्रमित थपिएका छन् । चार हजार ८०७ वटा नमुना परीक्षण गर्दा ५६८ जनामा संक्रमण पुष्टि भएको हो । 

आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको छ । 

त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १६:४८