site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२२ किलो अवैध सुन आयात, १५ किलो पक्राउ, ७ किलो बिक्री !

काठमाडौं । प्रहरीले काठमाडौंबाट १५ किलो अवैध सुन बरामद गरेको छ । रसुवाको केरुङ नाकाबाट भित्र्याइएको २२ किलो अवैध सुनमध्ये १४ किलो काठमाडौंको टोखाबाट र १ किलो सुन जनकपुरबाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले जानकारी दिएको छ ।

विशेष सुचनाको आधारमा प्रहरीले बुधबार दिउँसोदेखि अप्रेशन सुरु गरेको ब्यूरोका प्रमुख डीआईजी पुस्कर कार्कीले बताए ।   उनका अनुसार १४ किलो काठमाडौंबाट र १ किलो सुन भारत लैजाने तयारीमा रहेका बेला जनकपुरबाट पक्राउ गरिएको हो । 

केरुङ हुँदै काठमाडौं भित्रिएको सुन सिन्धुपाल्चोक भोटेकोसी गाँउपालिका १ का २६ वर्षिय पेम्बा दोर्जे शेर्पाको टोखास्थित कोठाबाट १४ किलो र भक्तपुर सूर्यविनायकका दिपेन्द्र थापा, काठमाडौं बानेश्वरका सरोज थपा, काभ्रे पाँचखालका विष्णु् गौतम, भक्तपुरकै राजेन्द्र खत्री, रवीन खत्री र धनुषाका दिपक कुमार साहबाट भारत लैजाँदै गरेका बेला १ किलो सुन बरामद गरिएको डीआईजी कार्कीले जानकारी दिए ।

बिहीबार ब्युरोले गरेको पत्रकार सम्मेलनमा बोल्दै डीआईजी कार्कीले भने, “यो गिरोहले २२ किलो सुन काठमाडौं भित्र्याएको रहेछ । अवैध तरिकाले भित्र्याएको २२ किलोमध्ये २ किलो भारतमा सप्लाई गरेको र ५ किलो सुन काठमाडौंमा बिक्री गरिसकेको पाइएको छ ।”

पक्राउ परेका ७ जनालाई जिल्ला अदालत काठमाडौंबाट संगठित अपराधमा ७ दिनको म्याद थप गरेर अनुसन्धान थालेको ब्यूरोले जनाएको छ । 

पक्राउ परेका सातै जना तस्करका कामदार
 

करिब ७ करोड अवैध सुनसहित पक्राउ परेका ७ जना सुन कारोबारी नभएर उनीहरु मुख्य तस्करका कामदार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकामध्ये शेर्पाले अन्य ६ जनालाई परिचालन गर्ने गरेको पाइएको छ ।

केरुङ हुँदै काठमाडौं भित्रिएको सुन शेर्पाको कोठामा जम्मा गर्ने र उनले केरुङबाट सुन पठाउने तस्कर निर्देशनअनुसार धेरैजसो भारत र थोरै काठमाडौंमै व्यवसायीलाई दिने गरेको अनुसन्धानबाट खुलेको छ ।

बरामद भएको सुन चीन हुँदै नेपाल भित्रिएको प्रहरीले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro