site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनार्दन शर्मामाथि छानबिन गरिरहेको समितिले थप सात दिन माग्ने
फाइल तस्बिर : पूर्वअर्थमन्त्री जनार्दन शर्मा ।

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष छानबिन समितिले थप समय माग्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले छानबिनका लागि थप सात दिन माग्नेबारे छलफल गरेको छ ।

म्याद थप गर्नका लागि सभामुखसँग आग्रह गर्नुपर्छ ।

Argakhachi Cement Island Ad

बिहीबार समिति गठन गरिएको १० दिन पूरा हुने भएकाले केही दिन म्याद थप गर्ने बिषयमा पनि छलफल भएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । 

बैठकले भोलि नै पूर्वअर्थमन्त्री शर्मासँग छलफल गर्ने निर्णय गरेको छ ।

आज अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुईपत्रकारसँग छलफल गरेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्