site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देश नेता र कर्मचारीले मात्र बिगारेको होइन, इन्जिनियरको पनि भूमिका छ : मेटमणि चौधरी
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरू विदेश पलायन हुन नहुने बताएका छन् । बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरूसँग मन्त्री कार्यक्रमअन्तर्गत भएको सहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरू विदेशिन नहुने बताएका हुन् ।

इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै उनले त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले मुलुक निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरूको पनि भएको उल्लेख गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मन्त्री चौधरीले सहरी विकाससम्बन्धी नीतिहरू बनाउँदा इन्जिनियरहरूको ज्ञानको पनि उपयोग गरिने बताए ।

"इन्जिनियरिङ कलेज भर्ना गर्नुभन्दा अगाडी विदेश जान पाइन्छ भन्ने जुन मनोविज्ञान छ । यसलाई सधैँभरिका लागि छोड्नुपर्छ । सरकारले लगानी लगाउने भनेको विदेशमा गएर आफ्नो पसिना चुहाउ अथवा ज्ञान बाँड भनेर होइन । हाम्रै मुलुकको विकासमा पनि तपाईंहरूको योगदान हुनुपर्छ," उनले भने ।

Royal Enfield Island Ad

उनले देश नेता वा कर्मचारीले मात्र नबिगारेको पनि बताए । देश बनाउन विद्यार्थीहरूको पनि उत्तिकै भूमिका हुने उनको भनाइ छ ।

"कहिलेकाहीँ तपाईंहरू भन्नुहुन्छ होला जस्तो मलाई लाग्छ, देश कसले बिगार्‍यो भन्दा, नेताले बिगार्‍यो । कर्मचारीले बिगार्‍यो । तर यो मुलुक निर्माण गर्ने जिम्मेवारी तपाईंहरूको पनि त छ नि । किनकि तपाईंहरूलाई यो ठाउँमा ल्याउनका लागि नेपाल सरकारले थुप्रै लगानी लगाएको छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro