site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको अमेरिका भ्रमण अझै अनिश्चित, एसपीपीबारेको पत्र पनि पठाइएन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्ने भनिए पनि अहिलेसम्म भ्रमणको मिति तय हुन सकेको छैन ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको भ्रमण कहिले हुने भन्ने निश्चित नभएको जानकारी दिएको छ ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नियमति पत्रकार सम्मेलनमा भ्रमणबारे अझै स्पष्ट जानकारी नभएको बताइन् । उनले एउटा मितिलाई लिएर कुरा अघि बढेको तर दुवै पक्षबाट सहमति भएपछि मिति तय गरिने जानकारी दिइन् ।

अमेरिकासँग सैन्य रणनीति स्टेट पार्टनरसिप प्रोग्राम  (एसपीपी)मा नेपालले सम्झौता नगर्ने निर्णय गरेपछि देउवाको भ्रमण पनि रद्द हुन सक्ने आँकलन गरिएको थियो ।

यसैबीच, एसपीपी सम्झौतामा नेपाल सहभागी नहुने निर्णय परराष्ट्रले पत्रमार्फत अमेरिकालाई औपचारिक जानकारी दिने भनिएकोबारे अझै अध्ययन भइरहेको उनले बताइन् ।

“एसपीपीअन्तर्गत नै कतिपय सहयोग यसअघि नै आइसकेको भन्ने तथ्यहरू देखिएको छ । कहाँ, के र कसरी सहयोग आएको हो त्यसको अध्ययन गरेर मात्र पत्र पठाउने छौँ,” प्रवक्ता लम्सालले भनिन् ।

यसअघि नै सरकारले एसपीपी सम्झौता अघि नबढाउने निर्णय गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro