site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली भन्छन्– आफ्नैहरू अर्कैलाई भोट दिन कुदिरहेका छन्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन आफैँ फुट्ने बताएका छन् । बुधबार पार्टीको वाग्मती प्रदेश भेलामा उनले स्वार्थका लागि एकता भएकाले गठबन्धन आफैँ फुट्ने बताए ।

“एकता फोड्नका लागि चाँदीको तरबार बनाउन आवश्यक छैन । स्वार्थको टक्करबाट आफैँ फुट्छ,” उनले भने ।

केही दिनअघि राष्ट्रियसभागृहको कार्यक्रममा आफूले कोही वामपन्थी भए आउन र त्यसका लागि एमाले खुला भएको बताएको उनले जानकारी गराए । तर, आफ्नै पार्टीका नेता–कार्यकर्ताहरू अरूलाई भोट दिन गइरहेको भन्दै उनले शुद्धीकरणमा लाग्न आग्रह गरे ।

“...गठबन्धन टुट्नु हुँदैन, छोड्नु हुँदैन, छोड्दिनँ भनिरहेका छन् । हामी त्यस्ताहरूको वामपन्थीहरू भनेर अपेक्षा गर्छौँ, देश बनाउने कुरामा यी आऊलान्, लाग्लान् । यहाँ आफ्नै साथीहरू त अर्कैलाई भोट दिन कुदिरहेका बेलामा त्यस्ताहरू,” उनी भन्छन्, “त्यसकारण आफ्नो पार्टी बनाऔँ । पार्टीको शुद्धीकरण गरौँ । आफू–आफूलाई कम्युनिस्ट बनाऔँ । इमानदार बनाऔँ ।”

उनले निर्णय सामूहिक गर्ने प्रयास गर्न निर्देशन दिए । टोलटोलमा संगठन र घरघरमा सदस्य बनाउने गरी लाग्न पनि निर्देशन दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro