site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मतीमा हाम्रै कारणले आउनुपर्ने परिणाम आएन : ओली 
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको स्थानीय तह निर्वाचनमा वाग्मती प्रदेशको परिणामप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार वाग्मती प्रदेशको भेलामा उनले आन्तरिक कारणले नै सोचेजस्तो नतिजा नआएको बताए । नेता–कार्यकर्तालाई इमानदार बन्न पनि निर्देशन दिए ।

“गएको स्थानीय निर्वाचनको परिणाममा जस्तो हुनुपर्थ्यो, त्यस्तो हुन सकेन । कसको कारणले ? हाम्रो आफ्नै कारणले भएन । कमरेडहरूलाई इमानदार भएर सोच्न आग्रह गर्न चाहन्छौँ, कति इमानदर भएर काम गर्‍यौँ,” उनले भने ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्