राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा नहुने खतरा रहेको बताएका छन् ।
बुधबार पार्टीको वाग्मती प्रदेश भेलामा उनले मंसिरमा गर्नुपर्ने निर्वाचन विभिन्न बहाना बनाएर सार्ने खतरा रहेको बताए । उनले फागुनमै गर्नुपर्ने स्थानीय तह निर्वाचन वैशाख अन्तिममा मात्र गरिएको पनि बताए ।
उनले समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिए । निर्वाचनबाट देशका निम्ति काम गर्ने, लोकतन्त्रको रक्षा, विकास गर्ने सरकार आउनुपर्ने उनले उल्लेख गरे ।
देश मन थाम्न नसक्ने गरी बर्बादीतर्फ जान लागेको उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ १२:१४
प्रतिक्रिया दिनुहोस्