राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनीहरूलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री र सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख बनेपछि पद रिक्त रहेको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ १२:०९
प्रतिक्रिया दिनुहोस्