site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे बस्नेछ । 

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले  राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन् । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रियसभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०५:५४
प्रतिक्रिया दिनुहोस्