site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकार देउवाले होइन माओवादीले चलाएको सन्देश प्रवाह भएको छ : शेखर कोइराला
फाइल तस्बिर ।

काठमाडौं । कांग्रेस नेता शेखर कोइरालाले वर्तमान सरकार माओवादी केन्द्रले चलाएकोजस्तो देखिएको बताएका छन् । आज बत्तिसपुतलीमा आयोजित आफू पक्षीय नेताहरूको भेलामा नेता कोइरालाले सरकारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरेपनि माओवादीले चलाएको सरकार भन्ने सन्देश प्रवाह भएको बताए ।

उनले अर्थ मन्त्रालयमा अरबौँको चलखेल र लेनदेनमा मन्त्री मुछिएपनि किन कारबाही नगरेको भनी देउवाले प्रश्न गरे ।

"देशको अर्थव्यवस्था चौपट छ । अर्थमन्त्रालयमा भएको अरबौँको चलखेल र लेनदेनबाट मन्त्री आरोपित छन् । प्रधानमन्त्रीले किन कारबाही नगरेको ? के स्वार्थ छ ? राष्ट्रहित र आम नागरिकको हित भन्दा कांग्रेस पार्टी र सभापति देउवाको किमार्थ अरू कुनै हित हुनुहुँदैन तर चुनाव अगाडि भएका यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद मात्र गर्दैन व्यवस्था नै नागरिकको कठघरामा उभिन्छ," उनले भने ।

उनले पार्टी नेतृत्वका कारण कांग्रेस बलियो हुन नसकेको बताए । 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  २०:२३
प्रतिक्रिया दिनुहोस्