site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं ।  असोज २ गते हुन लागेको प्रदेश नम्बर दुईका ८ जिल्लाको निर्वाचनमा यसअघि भएका दुई चरणका निर्वाचनभन्दा सुरक्षा व्यवस्था मजबुद बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

सुरक्षाको दृष्टिले अन्य भन्दा २ नम्बर प्रदेश बढी संवेदनशील रहेको निष्कर्ष गृह मन्त्रालयको छ ।

२ नम्बर प्रदेशका ८ जिल्लामा भएका ३ हजार ५६७ मतदानकेन्द्रमा हुन लागेको निर्वाचनको लागी सम्पूर्ण सुरक्षा तयारी पूरा भईसकेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । 

KFC Island Ad
NIC Asia

बाह्रखरीसँग कुरा गर्दै प्रवक्ता सुवेदीले भने, “अन्यको भन्दा २ नम्बरलाई सुरक्षाको दृष्टिमा संवेदनशील मानेका छौं । आवश्यकताअनुसार सुरक्षाको व्यवस्था गरेका छौं ।”
उनका अनुसार निर्वाचनको बुथको सुरक्षामा २६ हजार ६ सय ९८ जना प्रहरी परिचालन हुनेछन् भने त्यसबाहेक आवश्यकता हेरेर सशस्त्र प्रहरी र नेपाली सेना तथा सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान बिभागका कर्मचारी परिचालित हुनेछन् । 

सिके राउत समुह र भुमिगत समूह मुख्य चुनौती
 

Royal Enfield Island Ad

तराईमा सक्रिय रहेका भूमिगत समूह र सिके राउत समुहको गतिविधि बढेको भन्दै चुनावमा उक्त समुहले चलखेल गर्न सक्ने सुरक्षा स्रोतले जानकारी दियो । 

चुनावलाई लक्षित गरी उक्त समुहले विभिन्न चलखेल गर्ने तयारी गरेको यसअघि नै गृहमा रिपोर्टिङ भईसकेको गृह स्रोतले जानकारी दियो । 

त्यसैगरी खुला सीमानाको फाईदा उठाउँदै चुनावमा आपराधिक चलखेल हुने सक्ने भन्दै त्यहीअनुसार सुचना संकलनका लागी सबै सुरक्षा निकायलाई सचेत रहन गृहले सर्कुलर गरेको छ । 

सीके राउत समूहले निर्वाचन विथाल्न सक्ने आशंकासहित तराईमा सुरक्षा व्यवस्था थप बढाइएको प्रहरी स्रोतले जानकारी दियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ११, २०७४  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro