
जनकपुरधाम । सर्लाहीको हरिपुर नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । सोमबार सम्पन्न भएको मतगणनाअनुसार मेयर र उपमेयरसहित ३ वटा वडाध्यक्षमा कांग्रेसका उमेदवार विजयी भएका हुन् ।
मेयरमा कांग्रेसका गोपाल पजियार ६ हजार ९३८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुनील कुमार बुढाथोकीले ३ हजार ८८७ मत ल्याएका हुन् ।
यस्तै, उपमेयरमा कांग्रेसकै निलमदेवी राय यादवले ५ हजार ५८३ मत ल्याएर विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एसकी शिला कार्कीले ४ हजार ७६ मत प्राप्त गरेकी छन् । यस्तै, माओवादी केन्द्रकी अनिता देवीले ३ हजार ४९८ मत प्राप्त गरेकी हुन् ।
यस्तै, वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्रका नानी बाबु थापा, वडा नम्बर २ मा नेकपा एमालेका नीलविक्रम थापा, वडा नम्बर ३ मा माओवादी केन्द्रका लाल महमद शेष, वडा नम्बर ४ मा संजय प्रसाद साह, वडा नम्बर ५ मा कांंग्रेसका सुरेन्द्र प्रसाद चौधरी, ६ मा प्रेमहरी श्रेष्ठ, ७ मा मनोज कुमार चौधरी, ८ मा नेकपा एसका हरिबहादुर थापा र वडा नं. ९ मा नेकपा एसकै विश्वनाथ राय विजयी भएका हुन् ।