site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विराटनगरमा कांग्रेस १५१६ मतले अगाडि

विराटनगर । विराटनगर महानरपालिकाको प्रमुखको पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले मतान्तर बढाएका छन् । उनी एमालेका उमेदवारभन्दा १५१६ मतले अघि छन् ।

कुल १६९४० मत गणना हुँदा कांग्रेसका कोइरालाले ५१८३ मत प्राप्त गरेका छन् । एमालेका सागर थापाको ३६६७ मत आएको छ । प्रमुख पदमा राप्रपाका प्रह्लादप्रसाद साहको ८३२ मत आएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी उप–प्रमुखतर्फ नेकपा (एमाले)की शिल्पा कार्कीले ४१८२ मत प्राप्त गरेकी छन् । गठबन्धनका जनता समाजवादी पा‍र्टी (जसपा)का अमरेन्द्र यादवले ३०८८ मत प्राप्त गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवका छोरासमेत रहेका उनी एमालेभन्दा १०९४ मतले पछाडि छन् ।

उपमेयरमा राप्रपाको १०२६ मत आएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्