
काठमाडौं । गण्डकी प्रदेश तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार नेकपा एमाले विजयी भएको छ ।
जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गाउँपालिका प्रमुखमा एमालेका श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । उनले कांग्रेस उमेदवार मायादेवी राना आलेलाई पराजित गरेका हुन् ।
एमालेबाट विजयी श्रीप्रसाद श्रेष्ठले ४ हजार ९५० मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी आलेले ४ हजार २३२ मत प्राप्त गरिन् । यसैगरी, माओवादीका दिलीप कुमार श्रेष्ठले १ हजार २६५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भयो । कांग्रेसका वाल कृष्ण घिमिरेले ५ हजार ३९ मत प्राप्त गर्दा एमालेकी रत्नादेवी घिमिरेले ४ हजार २०० मत प्राप्त गरिन् । यता, माओवादीका दुर्गा थापाले १ हजार १६८ मत प्राप्त गरे ।
वडातर्फ एमालेले ७ वडामध्ये १, ३ र ७ नम्बर वडा जित्दा बाँकी कांग्रेसले जितेको छ ।