site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
घोराहीमा एमालेले अग्रतालाई फराकिलो बनाउँदै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । पछिल्लो साढे ११ बजेसम्मको मतपरिणामअनुसार घोराहीमा गठबन्धनको अग्रता तोड्दै एमाले १ हजार २१९ मतले अगाडि छ । 
एमालेका मेयर उम्मेदवार नरूलाल चौधरीले ११ हजार ४६० मत ल्याएका छन् भने गठबन्धन तर्फबाट माओवादीका हेमराज शर्माले १० हजार २४१ मत ल्याएका छन् । एमालेका चौधरीले मतान्तर बढाउँदै लगेका छन् । यसअघि, घोराहीमा गठबन्धनले अग्रता कायम गर्दै आएको थियो ।

उपप्रमुख पदमा पनि गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हिमा डिसीले ११ हजार १३८ मत प्राप्त गरेकी छन् भने गठबन्धनबाट कांग्रेस उम्मेदवार भूपबहादुर डाँगीले १० हजार ९४८ मत प्राप्त गरेका छन् । 
अहिले वडा नं. २, १२, १३, १६, १७ मा मतगणना जारी छ । अहिलेसम्म १९ वटा वडामध्ये चार वडामा मतगणना सम्पन्न भइसकेको छ । जसमा एमालेले तीनवटा वडा जितेको छ भने गठबन्धबाट कांग्रेसले एउटा वडा जितेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १३:४१
प्रतिक्रिया दिनुहोस्