site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
१० वडासहित भक्तपुर नगरपालिकामा सुनील र रजनी दोहोरिए 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भक्तपुर नगरपालिकामा अन्तिम नतिजा आएको छ । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बाह्रखरीलाई दिएको जानकारीअनुसार नगरप्रमुख, उपप्रमुखलगायत र सबै वडाहरूमा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ । 

प्राप्त नतिजाअनुसार प्रमुखमा सुनील प्रजापति र उपमेयरमा रजनी जोशी पुन: निर्वाचित भएका हुन् । प्रजापतिले २९ हजार २ सय प्राप्त गरेका छन्  । कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ मत प्राप्त गरे । 

यसैगरी, उपप्रमुखमा जोशीले २९ हजार ६९५ मत पाएकी छिन् । एमालेकी रञ्जना खर्बुजाले २ हजार ७२४ प्राप्त गरिन् । भक्तपुरको १० वटै वडाहरू नेमकिपाले जितको छ । २०७४ को स्थानीय तह निर्वाचन पनि उनीह? निर्वाचित भएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्