site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कास्कीको रूपा गाउँपालिकामा एउटा वडाबाहेक सबैमा एमाले विजयी, अध्यक्षमा ओझा 

काठमाडौं । कास्कीको रूपा गाउँपालिकामा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् ।

सोमबार दिउँसो सार्वजनिक अन्तिम मत परिणामानुसार एमालेका नवराज ओझा गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनले पाँच हजार ७४९    मत ल्याएका छन् । अध्यक्षमा पराजित उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उमेदवार माया गुरुङले चार हजार १३७ मत प्राप्त गरिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपाध्यक्षमा पनि एमालेका उमदेवार लालसुबा गुरुङ पाँच हजार ४४५ मतका साथ विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नारायणकुमार श्रेष्ठले चार हजार ३७० मत ल्याए ।

सातमध्ये १ नम्बर वडामा कांग्रेसबाहेक सबै वडा एमालेले जितेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्