site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
१७ हजार मत गन्दा बालेनले ल्याए ६,८९३

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म १७ हजार मतगणना सम्पन्न भएको छ ।

पछिल्लो मत परिणामानुसार स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले ६ हजार ८९३ मत पाएका छन् । नेकपा (एमाले)का उमदेवार केशव स्थापितले तीन हजार ६४४ मत प्राप्त गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले तीन हजार २०८ मत प्राप्त गरेकी छन् ।

बालेनलाई पछ्याइरहेका स्थापित तीन हजार २४९ मतले पछाडि परेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्