राजनीति

काठमाडौं । वाग्मती प्रदेशको मकवानपुर जिल्लाको कैलाश गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । केही समयअघि प्राप्त नतिजाअनुसार कांग्रेसले गठबन्धनको सहयोगमा चुनाव जितेको हो ।
जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका उमेदवार लोकबहादुर मोक्तान विजयी भएका हुन् । उनले ४ हजार ८९७ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका एमालेका नरेन्द्र लाल रिजालले ४०९३ मत प्राप्त गरे ।
उपाध्यक्षमा माओवादी केन्द्रबाट विजयी बालकुमार मल्ल ठकुरी विजयी भए । उनले ४ हजार ८८ मत प्राप्त गर्दा एमाले उमेदवार सुकुमाया थिङले ३ हजार ९३५ मत प्राप्त गरिन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १२:५८
प्रतिक्रिया दिनुहोस्