site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तेह्रथुमको आठराईको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । तेह्रथुमको आठराई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सत्ता गठबन्धनले जितेको छ ।  प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको जन्मथलो समेत रहेको आठराई गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसले जितेको भने उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ ।
  
पालिका अध्यक्षमा कांग्रेसका उमेदवार दिलकुमार पाहीम निर्वाचित भएका छन् । चार हजार ६९२ मतसहित उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरेको जिल्ला निर्वाचन  कार्यालयले जनाएको छ । 

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेदवार बलीराज इङनाम चार हजार ८० मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी उमेदवार रुपादेवी कन्दङवाले चार हजार ७० मत प्राप्त गरिन् ।

सातवटा वडा रहेको पालिकामा वडा नम्बर–१, ५ र ७ मा एमाले उमेदवार विजयी भए । २, ३, ४ र ६ मा एमाले उमेदवार निर्वाचित भए ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्