राजनीति

काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ६ हजार ५२६ मतगणना हुँदा गठबन्धनको अग्रता कायमै छ ।
गठबन्धनको तर्फबाट कांग्रेस उमेदवार चिरिबाबु महर्जनले ४ हजार ९२१ मत प्राप्त गरेका छन् भने एमाले उमेदवार हरिकृष्ण व्यञ्जनकारले १ हजार ८११ मत प्राप्त गरे ।
यता, उपप्रमुखमा एमालेबाट मन्जली शाक्य बज्राचार्यले २ हजार २२० मत प्राप्त गर्दा माओवादीका बाबु राज बज्राचार्य १ हजार ६४५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ १०:५४
प्रतिक्रिया दिनुहोस्