site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गोरखाको बारपाक सुलिकोट अध्यक्ष र उपाध्यक्षमा भट्ट र गुरुङ दोहोरिए

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार विजयी भएका छन् । अध्यक्षमा विष्णुप्रसाद भट्ट निर्वाचित भएका हुन् ।

भट्टले नेपाली कांग्रेसका उमेदवार जितबहादुर घलेलाई पराजित गरे । उनी दोस्रो कार्यकालका लागि विजयी भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भट्टले पाँच हजार १९८ मतसाथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका घलेले चार हजार २८४ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी सनमाया गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनले कांग्रेसकी उमेदवार लेखमाया रानालाई पराजित गरिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्