site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रोल्पाको गंगादेव गाउँपालिकामा बहुमत वडासहित कांग्रेस विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिकामा वहुमत वडासहित नेपाली कांग्रेस विजयी भएको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्यांक अनुसार कांग्रेसले अध्यक्ष, उपाध्यक्ष र पाँच वडा जितेको हो । 

अध्यक्षमा कांग्रेसबाट हरीबहादुर पुन: निर्वाचित भए । उनले २ हजार ५५७ प्राप्त गर्दा नेकपा (एमाले) उमेदवार रोशन कुमार वलीले २ हजार ४९९ मत प्राप्त गरे ।

यता, माओवादी केन्द्रका वीरबहादुर खत्रीले २ हजार ९३ मत प्राप्त गर्दा स्वतन्त्र उमेदवार चुडामणि वलीले १ हजार ५७३ मत प्राप्त गरे ।
 
उपाध्यक्षमा नेपाली कांग्रेसकी अमृता कुमारी के.सी. विजयी भइन् । उनले २ हजार ९०९ मत प्राप्त गरिन् । एमालेकी नुर्मला कुमारी वलीले २ हजार ४४२ मत प्राप्त गर्दा नेकपा (एस)का उमेदवार नेबबहादुर डाँगीले १ हजार ८११ तथा स्वतन्त्र उमेदवार सुशीला वलीले ८६१ मत प्राप्त गरिन् ।
 
वडातर्फ भने ७ वडा मध्ये वडा नम्बर ३ मा माओवादी र वडा नम्बर ६ मा एमाले विजयी हुँदा अन्य वडामा कांग्रेस विजयी भयो ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १०:०४
प्रतिक्रिया दिनुहोस्