site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विजयी जुलुसमा पराजित उमेदवारको सर्मथकले कुटपिट गरेको आरोप
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनकपुरधाम । रौतहटमा विजयी जुलुसमा पराजित उमेदवारका समर्थकले कुटपिट गरेको आरोप लागेको छ । रौतहटको चन्द्रपुर वडा नम्बर १ मा विजयी भएका बलराम राउतको विजयी जुलुसमा विवाद भएको हो ।

प्रहरीका अनुसार पराजित भएका एकीकृत समाजवादीका बिरु रखालका भाइ विवेक रखाल लगायतले विजय जुलुसमा हिँडेकालाई कुटपिट गरेको आरोप छ । स्थानीय दिनेश सहनीले इलाका प्रहरी कार्यालयमा निवेदन पनि दिएका छन् । घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै स्थानीयले राजमार्गअवरुद्ध गरेका हुन् ।

घटनाको विषयमा सोमबार बिहानबाट राउतका सर्मथकले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको बताइएको छ । उनीहरूले सडकमै बसेर प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:५४
प्रतिक्रिया दिनुहोस्