site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इटहरीमा उपप्रमुखमा गएन गठबन्धनको भोट, प्रमुखमा कर्णको हजारभन्दा बढी मतान्तर
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा मतगणना जारी छ । 
पछिल्लो नतिजा अनुसार उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलले अग्रता लिँदा उपप्रमुखमा भने एमाले अगाडि बढेको छ ।
 
प्रमुख पदमा गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार हेमकर्ण पौडेलले चार हजार १६८ मत प्राप्त गरेका छन् । यता, एमालेका उमेदवार याम कुमार चुङ्गवाङ सुब्बाले भने तीन हजार १५३ मत प्राप्त गरेका छन् । राप्रपाका आकाश हाङ्ग लिम्बूले ४१७ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा गठबन्धन उमेदवार पछाडि परेका छन् । एमाले उमेदवार संगीता कुमारी चौधरीले ३ हजार ४८९ मत प्राप्त गर्दा गठबन्धन उमेदवार नेकपा (एस)का उमेदवार केशवकुमार विष्टले २ हजार ५९७ मत प्राप्त गरेका छन् । 

राप्रपा उमेदवार वविता कुमारी चौधरीले ५३० मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:४८
प्रतिक्रिया दिनुहोस्