site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पोखरामा एमालेभन्दा एकीकृत समाजवादी ३८४ मतले अघि 

पोखरा । पोखरा महानगरपालिकामा अहिलेसम्म करिब १० हजार मत गणना भएको छ ।

अहिलेसम्म भएको मतगणनाअनुसार नेकपा एकीकृत समाजवादीका उमेदवार धनराज आचार्यले ४०४१ मत ल्याएका छन् भने एमालेका उमेदवार कृष्ण थापाले ३६५७ मत प्राप्त गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राप्रपाका उमेदवार शंकर खरालले पाँच सय मत प्राप्त गरेका छन् भने स्वतन्त्र उमेदवार गनेस पौडेलले २३२ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा एमाले उमेदवार मञ्जु गुरुङ अघि देखिएकी छन् । उनले अहिलेसम्म ४१५१ मत ल्याएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले ४१११ मत ल्याएकी छन् । राप्रपाकी रन्जना सेनले ४६६ मत प्राप्त गरेकी छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:४६
प्रतिक्रिया दिनुहोस्