site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मोदी लुम्बिनी आउँदै, यस्तो छ भ्रमण कार्यक्रम
फाइल तस्बिर ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउँदै छन् । बुद्धजयन्तीको अवसरमा भगवान् गौतमबुद्धको पूजा–आराधनाका लागि उनी लुम्बिनी आउने कार्यतालिका छ ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् । मोदी भारतीय वायुसेनाको हेलिकोप्टरबाट आज बिहान १०ः४० बजे लुम्बिनी आउने तालिका छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, बिहान ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमिपूजामा सहभागी हुने, मध्याह्न १२ः२० परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने, दिउँसो १२ः३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने, १ः३० मा प्रधामन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने कार्यतालिका छन् ।

यस्तै, दिउँसो २ बजे विशेष व्यक्तित्वहरूसँग भेटघाट गर्ने, ३ः३० बजे बुद्धजयन्ती सेलिब्रेसनमा सहभागी हुने र साँझ ५ बजे स्वदेश फर्किने कार्यतालिका छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्