site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विराटनगरमा गठबन्धनका कोइरालाको अग्रता कायमै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनले अग्रता कायम नै राखेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ हजार ६४९ मत गणना हुँदा गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका उमेदवार नागेश कोइरालाले ४ हजार ९५६ मत ल्याएका छन् । 

एमालेका उमेदवार सागर थापाले ३ हजार ५१८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार उमेश यादवले १ हजार ६१९ मत ल्याएका छन् ।
 
उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३ हजार ९९६ मत प्राप्त गरेकी छन् । जसपाका अमरेन्द्र यादवले २ हजार ९३३ मत ल्याउँदा स्वन्त्र उमेदवार नमिता न्यौपानेले ९०५ प्राप्त गरेकी छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्