राजनीति

काठमाडौं । खोटाङको बराहपोखरी गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार कांग्रेसका शालिकराम बन्जरा ३ हजार १८१ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिद्धन्दी एमालेका गोमा मगरले २ हजार ३३० मत ल्याइन् ।
उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका भुबल राजराई २ हजार ६९४ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका जीवनकुमार राईले २ हजार २९५ मत ल्याएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०९:३४
प्रतिक्रिया दिनुहोस्