
काठमाडौं । भोजपुरको अरूण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसका शालिकराम खत्री दुई हजार ८८७ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार नारायणप्रसाद घिमिरेले दुई हजार ४२४ मत प्राप्त गरे । नेकपा (माओवादी केन्द्र)का उमेदवार डिल्लीराम अधिकारीले एक हजार ८२७ मत पाए ।
उपाध्यक्षमा कांग्रेसबाटै विनीता ढकाल तीन हजार मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उमेदवार कविता राईले दुई हजार ५४४ मत ल्याइन् । नेकपा (एकीकृत समाजवादी)का उमेदवार होमबहादुर श्रेष्ठले एक हजार ९० मत प्राप्त गरे । यहाँ माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो ।
कांग्रेस वडा नम्बर–३ र ५ मा विजयी भयो । माओवादीले २, ४, ६ र ७ नम्बर वडा जित्दा एमाले एक नम्बर वडामा मात्र विजयी भयो ।