
काठमाडौं । म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले निर्वाचित भएको छ । पालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवारलाई पराजीत गर्दै एमालेका सतप्रसाद रोका निर्वाचित भएका छन् ।
रोका ३ हजार ९६८ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका वीरेन्द्र बुढाथोकीले २ हजार ८०५ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमाले उमेदवार प्रेम कुमारी खत्रीले कांग्रेसकी शर्मिला थापालाई पराजीत गरिन् । एमालेकी खत्रीले ४ हजार २६१ मतसहित निर्वाचित हुँदा कांग्रेसकी थापाले २ हजार ५९५ मत प्राप्त गरिन् ।
५ वटा वडा रहेको पालिकामा वडा नम्बर ३ मा माओवादी केन्द्र र ४ मा कांग्रेस निर्वाचित हुँदा १, २ र ५ नम्बर वडामा एमाले उमेदवार निर्वाचित भएका छन् ।