site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिस्ने अध्यक्षमा माओवादीका रेग्मी विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उमेदवार विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उपाध्यक्षमा नेकपा (एमाले)का उमेदवार निर्वाचित भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित माओवादीका कृष्ण रेग्मीले तीन हजार ७७९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दत्तबहादुर बस्नेतले तीन हजार ७०० मत पाएका छन् ।

उपाध्यक्षमा एमालेका गोपाल रेउले विजयी भए । उनले तीन हजार ७६१ मत प्राप्त गर्दा माओवादीकी आस्था विकले तीन हजार ४७४ मत पाएकी छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:२४
प्रतिक्रिया दिनुहोस्