
काठमाडौं । दैलेखको डुंगेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छ । पालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवारलाई पराजीत गर्दै एमालेका सुन्दर कुमार केसी निर्वाचित भएका छन् ।
केसीले ३ हजार ४०६ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नगेन्द्र बहादुर मल्लले ३ हजार ३३६ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमाले उमेदवार कलावती न्यौपानेले कांग्रेसकी एलिजा कुमारी थापालाई पराजीत गरिन् । एमालेकी न्यौपाने ३ हजार ५७७ मतसहित निर्वाचित हुँदा कांग्रेसकी थापाले ३ हजार १५२ मत प्राप्त गरिन् ।
६ वटा वडा रहेको पालिकमा वडा नंम्बर १ मा माओवादी केन्द्र र दुईमा कांग्रेस निर्वाचित हुँदा ३,४, ५ र ६ नम्बर वडामा एमाले उमेदवार निर्वाचित भएका छन् ।