site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ललितपुरमा चिरिबाबु लगातार अगाडि, व्यञ्जनकारले कटाए हजार मत

काठमडौं । ललितपुर महानगरपालिकामा मतगणना जारी छ । अहिले यहाँ वडा नम्बर–२, ३ र ४ को गणना भइरहेको छ ।

पछिल्लो मत परिणामानुसार चार हजार ७२६ मत गन्दा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले हालसम्म दुई हजार ७५१ मत पाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार हरिकृष्ण व्यञ्जनकारले एक हजार ८६ मत ल्याएका छन् ।

उपप्रमुखतर्फ एमालेका उमेदवारको अग्रता कायम छ । एमाले उमेदवार मन्जली शाक्य बज्राचार्यले एक हजार २५५ मत ल्याएकी छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार बाबुराज बज्राचार्यले ९९२ मत पाएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्