site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सोलुखुम्बुको लिखुपिके अध्यक्षमा १४७ मतान्तरका साथ कांग्रेस उमेदवार विजयी 

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार अध्यक्षमा मीनादेवी कार्की एक हजार २६० मतका साथ निर्वाचित भएकी हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उमेदवार डम्बरबहादुर बस्नेतलाई १४७ मतले पराजित गरेकी गरेकी छन् । बस्नेतले एक हजार ११३ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार पोस्टकुमार कार्कीले ५८० मत पाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपाध्यक्ष पदमा कांग्रेसका ङावाङ लाक्पा शेर्पा विजयी भए । उनले एक हजार ४११ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेकी माओवादी उमेदवार प्रमिला बस्नेतले ८६७ मत प्राप्त गरिन् ।

वडा नम्बर–१, २ र ५ मा कांग्रेस तथा वडा नम्बर–४ मा एमाले उमदेवार विजयी भए । वडा नम्बर–३ मा भने स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०७:४२
प्रतिक्रिया दिनुहोस्