राजनीति

काठमाडौं । डोटीको आदर्श गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमदेवार गणेशबहादुर खड्का तीन हजार ७७३ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार डम्बरबहादुर ओलीले तीन हजार ३७७ मत पाए ।
यस्तै, उपाध्यक्षमा पनि कांग्रेसका उमेदवार लक्ष्मी धामी तीन हजार ६७४ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी उमेदवार जानकी शाही (खड्का)ले तीन हजार ३८९ मत ल्याइन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०७:३६
प्रतिक्रिया दिनुहोस्