
काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार गाउँपालिकाको अध्यक्षमा खिमबहादुर रावत विजयी भए । उनले तीन हजार ३६९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उमेदवार डिल्ली बहादुर केसीले दुई हजार १७ मत ल्याएका छन् । नेकपा (एमाले)का उमेदवार लोकेन्द्र सिंह खड्काले एक हजार ७९६ मत प्राप्त गरे ।
उपाध्यक्षमा कांग्रेसबाटै सीता खड्का पुन विजयी भइन् । उनले तीन हजार १८६ प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका राजेन्द्रकुमार थापाले दुई हजार ३५ मत प्राप्त गरेका छन् । एमालेकी कलावती वलीले एक हजार ८१९ मत ल्याइन् ।
६ वडा रहेको गाउँपालिका २ नम्बर वडामा एमाले विजयी भयो । पाँच वडामा कांग्रेस उमेदवार निर्वाचित भएका छन् ।