राजनीति

काठमाडौं । धनकुटाको सागुरीगढी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उमदेवार निर्वाचित भएका छन् ।
अध्यक्षमा कांग्रेसका जितेन्द्र राई पाँच हजार ३९९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार कुमारजंग याखाले चार हजार दुई मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा एमालेकी उमेदवार मुना राई चार हजार ६५० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिप्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उमेदवार लीलाराज लावतीले चार हजार १३६ मत पाएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०७:२१
प्रतिक्रिया दिनुहोस्