1652646069.jpg)
काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाको उमेदवार निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेस उमेदवार नविलबिक्रम शाह ४ हजार ६६९ मतसहित निवार्चित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बुद्ध बहादुर बस्नेतले २ हजार ६५० मत र नेकपा एमालेका श्यामबहादुर थापाले १ हजार ५८६ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४ हजार ६४७ मतसहित निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी लौरो चुनाव चिह्नको स्वतन्त्र उमेदवार टीकाबहादुर गुरुङले १ हजार ७२१ मत प्राप्त गर्दा नेकपा एमालेकी कमला कुमारी ज्ञवालीले १ हजार ५४७ मत प्राप्त गरिन् ।