site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अर्घाखाँचीको पाणिनी अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी, कांग्रेस चार वडामा सीमित

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै  पदमा नेकपा (एमाले)का उमेदवार विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार एमालेबाट गाउँपालिकाको अध्यक्षमा टेकराज न्यौपाने विजयी भएका छन् । उनले सात हजार ७४९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमदेवार अच्युत गौतमले सात हजार २८ मत पाएका छन् । राप्रपाका उमेदवार फर्सुराम पौडेलले २९ मत ल्याए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपाध्यक्षतर्फ पनि एमालेकी नर्मदा गौतम (पौडेल) विजयी भइन् । उनले सात हजार ६६१ मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उमेदवार लक्ष्मी गौतमले सात हजार ३८ मत ल्याइन् । स्वतन्त्र उमेदवार बेदराज घिमिरे १८ मत पाएका छन् ।

वडातर्फ भने कांग्रेसले १, २, ३ र ६ र एमालेले ४, ५, ७ र ८ वडा नम्बर वडा जितेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्