राजनीति

काठमाडौं । अछामको कमलबजार नगरपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ । नगरपालिकाको मेयरमा कांग्रेसका यज्ञप्रसाद ढकाल ४ हजार २८८ मतसहित निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका कटकबहादुर साउदले ४ हजार ६५ मत ल्याए ।
उपप्रमुखमा एमाले निर्वाचित भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेकी शारदाकुमारी बिष्ट ४ हजार ५२८ मतसहित निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गौरी भण्डारीले ३ हजार ६४८ मत पाइन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०७:१०
प्रतिक्रिया दिनुहोस्