site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आरुघाट गाउँपालिका अध्यक्षमा कांग्रेसका गुरुङ निर्वाचित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार निवार्चित भएका छन् । कांग्रेस उमेदवार राजु गुरुङ ५ हजार ५५६ मतसहित निर्वाचित भएको जिल्ला निवार्चन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर नेपालीले ४ हजार ८३३ मत प्राप्त गरेका छन् ।
  
उपाध्यक्षमा नेपाली कांग्रेसकी कल्पना नेपालीले ५ हजार ६३१ मतसहित निर्वाचित भइन् । उनकी निकटम प्रतिस्पर्धी नेकपा एमालेकी सीता दाहालले ३ हजार ८१६ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०७:०६
प्रतिक्रिया दिनुहोस्