site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीलाई गृहवडामै धक्का, कांग्रेसको प्यानलनै विजयी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदान गर्ने वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । 
 
प्राप्त अन्तिम नतिजा अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा कांग्रेसका प्रदीप कार्कीसहित सिङ्गो प्यानल विजयी भएको हो ।

उनले एक हजार ५११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले)का विश्वराज बिष्टले १ हजार ३०५ मत पाएको निर्वाचन अयोगले जनाएको छ । 

वडा सदस्यहरूमा कांग्रेसका जनार्दन खड्का, भगत रानाभाट, कल्पना खतिवडा र रन्जना त्रिखत्री विजयी भएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:५५
प्रतिक्रिया दिनुहोस्