site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भरतपुरमा सुवेदी १७ मतले अगाडि 

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा एमालेका विजयी सुवेदीको अग्रता कायमै छ । 

पछिल्लो ९ हजार ५३५ मत गणना गर्दा सुवेदीले ३३४२ मत प्राप्त गरेका छन् । उनी गठबन्धन उमेदवार माओवादी केन्द्रकी नेता रेनु सुवेदीभन्दा १७ मतले अघि छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रेनुले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन् । यता स्वतन्त्रबाट कांग्रेसका बागी उमेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा भने गठबन्धनका चित्रसेन अधिकारी अघि छन् । उनले तीन हजार ७१६ मत प्राप्त गर्दा राप्रपा हेमलता गुरुङले २ हजार ६१६ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०६:४०
प्रतिक्रिया दिनुहोस्