राजनीति
1652646069.jpg)
काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका उमेदवार भवबहादुर भण्डारी ४ हजार ३८ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका प्रेमबहादुर कार्की ३ हजार २७९ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका मीना बिकले ९५५ मत ल्याइन् ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकी प्रेमकुमारी पुन ३ हजार ३६४ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी यामकुमारी गर्वुजाले ३ हजार २४५ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका रिमबहादुर कटुवाल क्षेत्रीले १ हजार ७८३ मत ल्याइन् ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९ ०६:३०
प्रतिक्रिया दिनुहोस्